प्रधानमन्त्री प्रचण्डलाई बिश्वासको मत दिन काङ्ग्रेसमा व्हिप !

राजनीति समाचार

पुस २६,२०७९/काठमाडौं-
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड विश्वासको मत प्राप्त गर्न प्रयासरत रहदा नयाँ सत्ता गठबन्धनमा न रहेको नेपाली काङ्ग्रेसले सरकारलाई समर्थन गर्न आफ्नो पार्टीमा ह्वीप जारी गरेको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले मंगलवार बिहान कांग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन निर्णय गरेको थियो ।

यद्यपि काङ्ग्रेस संसदीय दलको बैठकमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र प्रदीप पौडेलले प्रचण्डलाई विश्वासको मत दिन नसकिने धारणा राखेका थिए ।

त्यसैले काङ्ग्रेसले व्हिप जारी गर्नु पर्ने अवस्था सृजना भएको हो ।

आज बिहान ११ बजे बोलाईएको प्रतिनिधिसभाको बैठक १ बजे सम्मलाई स्थगित भएर सुचारु भएको थियो ।