प्रधानमन्त्री प्रचण्डले पाए ऐतिहासिक विश्वासको मत !

राजनीति समाचार

पुस २६,२०७९/काठमाडौं-
प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले नेपालको संसदीय इतिहासमै सबैभन्दा बढी विश्वासको मत पाएका छन् ।
प्रतिनिधिसभामा मंगलबार दोश्रो बैठकमा भएको मतदानमा प्रचण्डले ऐतिहासिक विश्वासको मत प्राप्त गरेका हुन् ।
संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नु पर्ने प्रावधान छ ।
जसअनुसार संसदको कुल २७० सांसदले मध्ये, उनको पक्षमा २६८ जना उभिएका थिए । यद्यपि राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका दुई जना सांसदले विपक्षमा मतदान गरेका गरे ।
अन्तिम अवस्थामा आजै बिहान नेपाली काङ्ग्रेसले संसदीय दलको बैठक बोलाएर सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो । कतिपयले बिरोध गर्दा व्हिपनै जारी गर्नु पर्ने अवस्था सृजना भएको हो ।