
पुस २७,२०७९/काठमाडौं-
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बित्तीय सहकारीमा भएको बिकृती अन्त्य गरिनु पर्ने बताएका छन ।
तिमिल्सिनाले बुधबार राष्ट्रिय सहकारी महासंघको तिसौ वार्षिक साधारण सभाको अवसरमा सो बिचार ब्यक्त गरेका हुन ।’सरकारी बैंकबाट २/३ प्रतिशत ब्याजदरमा ऋण लिएर २४ सम्मको दरले सर्वसाधारणलाई लगानी गर्नु गलत हो । बित्तीय सहकारीहरुले कसैलाई पनि मर्का न पर्ने गरि सहजरुपमा सेवा प्रदान गर्नु पर्छ,’उनले भने । साथै तल्नो सम्यन्त्रमा मात्र न भएर महासंघको केन्द्रमा समेत महिलाहरुको उल्लेखनीय उपस्थिति हुनु पर्ने र सहकारीमा बिचौलियाहरुलाई छिर्न न दिएर, वास्तविक श्रम गर्नेले लाभ पाउनु पर्ने धारणा उनले राखे ।
यसैगरी राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले तिन खम्बे अर्थनीति मध्ये एउटा राज्य, दोश्रो निजी र तेस्रो सहकारी भएको बताएको तर राज्यले सहकारीलाई मजबुत बनाउन खासै चासो न दिएको बताए ।’२०४८ को सहकारी एन आएपछि सहकारी जगतमा परिवर्तन आएको हो। बहुआयामिक गरिबीको अन्त्यमा गर्न सहकारीले महत्वपूर्ण भुमिका खल्न सक्छ तर बजेट भने उत्साहजनक छैन,’ उनले जिकिर गरे । ‘मधेसमा दलितको अवस्था कर्णालीको भन्दा बढी बिकराल छ, त्यहाँ सहकारी एउटा महत्त्वपूर्ण उपाय हुन सक्छ समाधानका लागि,’ उनले थपे ।
यस्तै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज ढकालले राष्ट्र निर्माण र समृद्धिका लागि सहाकारीले निकै महत्वपूर्ण भुमिका खेल्ने बताए । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सल्लाहकारद्वय रबिन्द्र केसी, दिपक बास्कोटा, केन्द्रिय सन्चार संघकी अध्यक्ष मना केसी लगायतको विभिन्न जिल्लाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
