
पुस २७,२०७९/सुर्खेत- कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका राज कुमार शर्मा मुख्य मन्त्री बनेका छन ।
बुधबार सुर्खेतको बिरेन्द्रनगरमा प्रदेश प्रमुख तिलक परियारले शर्मालाई उनले पेश गरेको दाबी बमोजिम सत्ता साझेदार दलहरुको समर्थनमा मुख्य मन्त्री पदमा नियुक्त गरेका हुन ।
यसअघि आजै बिहान सत्ता गठबन्धनका मुख्य दल नेकपा माओबादी केन्द्र र एमालेबिच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियोे ।
सहमति अनुरुप अब नेकपा एमालेले बाकी अवधि सरकारको नेतृत्व गर्ने छ । जसका लागि दोश्रो कार्यकालको नेतृत्व एमालेका यामलाल कँडेलको चर्चा छ ।

