
पुस २९,२०७९/काठमाडौं-
चालु आर्थिक वर्षको पाँच महिना यता तुलनात्मक रुपले २३ प्रतिशतले रेमिटेन्स बढी भित्रिएको छ ।
राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पाँच महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थामा सो कुरा जनाइएको हो ।
गत वर्षको मंसिर सम्ममा तीन खर्ब ९० अर्ब बराबर रेमिटेन्स भित्रिएकोमा यसपटक चार खर्ब ८० अर्ब रूपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ ।
यसैगरी, पर्यटन क्षेत्रमा पनि आम्दानीमा दोब्बरले वृद्धि भएको छ । पर्यटकहरुको उत्साहजनक आगमनले, पहिलेको १० अर्ब रूपैयाँबाट २३ अर्ब पुग्यो ।
अघिल्लो वर्षको जनवरीदेखि डिसेम्बरसम्ममा १ लाख ४९ हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए । यसपटक भने पर्यटक संख्या तीन गुणाले वृद्धि भएको हो ।
आयातमा पनि गत वर्षको तुलनामा २०.७ प्रतिशतले कमी आएर ६ खर्ब ६४ अर्बमा सीमित भएको छ । यसमा आयातमा गरिएको कडाइले मुलुकको विदेशी मुद्रा सञ्चितिमा वृद्धि भएको देखिन्छ ।