नेपालमा हवाई दुर्घटना !

अर्थ राजनीति समाचार


माघ २,२०७९/काठमाडौं-

हवाई उड्डयन क्षेत्रको निजिकरण अघि र पछि, एक समिक्षा:

-दुर्घटनाको कुल संख्या : १०४

-२०४६ सालसम्म अर्थात ३२ बर्षसम्म नेपाल बायुसेवा निगममात्र (स्थापना मिति बि.स २०१५ असार १७ गते)
संचालनमा थियो! बि.स २०१७ कार्तिक २० गते पहिलो दुर्घटना भएको थियो!२०४६ सालको अन्तिमसम्म १५ वटा हवाई दुर्घटना भएको रहेछ जसमध्ये ने वा नि को १० वटा, १ भि.भि.आइ.पी हेलिकप्टर, ४ वटा अन्तराष्ट्रीय बायुसेवा रहेका छन्!

४६ सालको राजनितिक परिवर्तनपछि हवाई उड्डयन क्षेत्र निजिकरण भएको थियो!

-२०४७ देखि आजको दिनसम्म अर्थात ३२ बर्षभित्र कुल ८९ वटा दुर्घटना भएका रहेछन्! जसमध्ये नेपाल बायुसेवा निगमको ९ वटा, निजि बायुसेवा आन्तरिकतर्फ ७४ वटा, अन्तरास्ट्रियतर्फ ६ वटा रहेका छन्!

-निजिकरण पछि ७ गुणाले दुर्घटना वृद्धि भएको देखिन्छ!

-के बायुसेवाको क्षेत्रमा निजिकरण फलदायी रह्यो त? सिधा उत्तर रहेन भन्नेनै जनमानसको धारणा रहेको छ!

कारणहरु:

क) निजि बायुसेवाले अत्यधिक मुनाफालाई केन्द्रमा राख्नु!
ख) अत्यधिक पुराना जहाज खरिद गर्नु!
ग) मर्मत सम्भारमा अत्यधिक खर्च लाग्ने र मुनाफा घट्नु जस्ता कारणले त्यसतर्फ नजर अन्दाज गर्नु!
घ) लान्छनाबाट बच्न जहाज कहिल्यै पुरानो नहुने भाष्य बजारमा सम्प्रेषण गर्नु!  
ङ) पुराना जहाजको इन्सुरेन्स पृमियम उच्च भएकै कारण यात्रुहरु उच्च मुल्य तिर्न बाध्य हुनु!
च) दुर्घटनापछि पनि राम्रै क्षतिपूर्ति बायुसेवा कम्पनीले प्राप्त गर्नु!

सुरक्षित हवाई ब्यबसायका लागि के उपाय हुन सक्छन !

क) सकिन्छ भने निजि बायुसेवालाई बन्द गरेर नेपाल बायुसेवा निगमलाई प्रवर्द्दन गरौ!
ख) प्रतिष्पर्धात्मक खुल्ला बजार अर्थतन्त्रलाई बढावा दिनुपर्छ, भन्ने हो भने एउटा सरकारी र दुईवटामात्र निजि बायुसेवा सन्चालन गरौ! ती दुईवटा बायुसेवालाई नयाँ जहाज किन्नैपर्ने बाध्यकारी नियम बनाउन लगाऔ! सबै कर्मचारीहरुलाई नेपालकै बिश्वबिध्यालयबाट हवाई उड्ड्यनका बिबिध कोर्सहरु अध्ययन गर्न पाउने ब्यबस्था गराऔ!

डाटा स्रोत: नेपाल नागरिक उड्ड्यन प्राधिकरणको सन् २०२२ को एभियसन सेफ्टी रिपोर्ट।