माओवादी केन्द्रबाट रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री बन्ने

राजनीति समाचार

माघ ३,२०७९/काठमाडौं-
नेकपा माओबादी केन्द्रबाट मन्त्रीहरुको टुङ्गो लागेको छ । आज मंगलवार हुन लागेको मन्त्रिपरिषद् विस्तारका लागि दाङबाट निर्वाचित रेखा शर्मालाई सञ्चार, सुदन किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोदीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको हो । किराँती भोजपुरबाट र मोदी मोरङबाट दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन । रेखा शर्मा यसअघि सामान्य प्रशासन मन्त्री भई सकेकी छिन । उनलाई पार्टीले उपराष्ट्रपतिका लागि पनि प्रस्ताव गरेको थियो ।

सत्ता गठबन्धनका सबै नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजे हुने तय भएको छ ।

माओवादी केन्द्रले सहमति अनुरुप प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । प्रधानमन्त्रीमा प्रचण्ड र उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नारायणकाजी श्रेष्ठले पहिलो चरणमै शपथ लिइसकेका छन् ।

यसैगरी गुल्मीबाट समानुपातिक तर्फ सांसद सुशीला श्रीपाईली ठकुरीलाई पर्यटन राज्यमन्त्री बनाउने निर्णय भएको छ ।

अन्य राजनितिक दलहरुले पनि मन्त्री टुङगाएका छन ।