माओवादी केन्द्रका उपमहासचिव पुनको कलेजो प्रत्यारोपण गरिने

राजनीति समाचार

पुस ४,२०७९/ललितपुर-
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व मन्त्री वर्षमान पुनको कलेजोमा समस्या देखा परेपछि प्रत्यारोपण गरिनु पर्ने भएको छ । ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत पुनमा जण्डिस बढेर कलेजोमा खराबी देखिएपछि चिकित्सकहरुले कलेजो प्रत्यारोपण गर्न भनेका हुन ।

प्रत्यारोपणका लागि भने उनलाई परिवारले नेपाल बाहिर लिएर जाने योजना रहेको जानकारीमा आएको छ । नेपालमा कलेजो प्रत्यारोपणमा समस्या देखा पर्न सक्ने भएकोले देश बाहिर उपचार गराउन सुझाएको, अस्पताल श्रोतले बताएको छ । उनको उपचारमा सुमेरुका डा.युवराज शर्मा लामो समयदेखि खटेका छ्न ।

उनलाई स्वास्थ्यमा जटिलता देखिएपछि अस्ति गृह जिल्ला रोल्पाबाट हेलिकप्टरमा काठमाडौँ ल्याइएको थियो ।