पुस ७,२०७९/काठमाडौं-
स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित भएकी छन् ।
प्रतिनिधि सभाको सनिवार बसेको बैठकले राना मगरलाई उपसभामुखमा निर्वाचित गरेको हो ।
उपस्थित २६४ सांसद मध्ये उनलाई
१६६ जनाले मत दिएका थिए । तसर्थ ९७ जना सांसद उनका विपक्षमा उभिएका थिए र एक जना सांसदले भने मतनै दिएनन् ।
रानामगरलाई रास्वपाकै सोबिता गौतमले प्रस्ताव गरेकी हुन् भने उनलाई एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राप्रपाका राजेन्द्र प्रसाद लिङ्देनले समर्थन गरेका थिए ।
उनी लामो समय देखि समाजसेवामा लागेकी छन । जेलबन्दीका नानीहरुलाई उद्धार गर्ने र ऊनीहरुको लालन पोषण र शिक्षा हेर्दै आएकी राना यसअघि सिएनएन हिरोका लागि मनोनीत पनि भएकी हुन । युवा अवस्थामा उनी एउटा कुशल साइक्लिस्ट पनि थिइन ।
उनको विपक्षमा नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव उम्मेदवार थिइन् ।
यस्तै यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला थिए ।
