कर्णाली प्रदेश मन्त्रीपरिषदले पायो पुर्णता !

राजनीति समाचार

पुस ११,२०७९/बिरेन्द्रनगर/
कर्णाली प्रदेशमा मन्त्रीपरिषद विस्तार भएको छ । सोही क्रममा, बुधबार नवनियुक्त चार जना मन्त्रीहरूले पद तथा गोपनीयता शपथ लिएका छन् ।

प्रदेश प्रमुख तिलक परियारले, नेकपा माओवादी केन्द्रका तर्फबाट भीमप्रकाश शर्मालाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री र कृष्णबहादुर जिसीलाई आन्तरिक मामिला तथा योजना मन्त्रीमा सपत खुवाएका थिए ।
यस्तै नेकपा एमालेका टेकराज पछाई सामाजिक विकास मन्त्री र जीतबहादुर मल्ल उद्योग पर्यटन,वन तथा वातावरण मन्त्रीमा सपत लिएका हुन ।
सोही अनुसार एमालेका विनोदकुमार शाहले आर्थिक मामिला तथा योजना मन्त्री र माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाही भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् ।
सुरुमै माओवादी केन्द्रका राज कुमार शर्मा मुख्य मन्त्री बन्न सफल भएका थिए । सभामुख र उपसभामुख पनि यसअघिनै टुंगिएको हो ।