सर्वोच्च फैसला: रवि लामिछानेको सांसद तथा मन्त्री पद खारेज

राजनीति समाचार

पुस १३,२०७९/काठमाडौं-
सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरिदिएको छ । नागरिकताको वैधताको बिषयमा शुक्रबार सर्वोच्च अदालतमा भएको अन्तिम फैसलाले उनको सांसद पद खारेज भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएसंगै उनले प्रधानमन्त्री प्रचण्ड सामु राजीनामा बुझाएका छन ।
यसैगरी उनले तत्कालीन अवस्थामा कुनै राजनितिक दलको नेतृत्व लिने अवस्था पनि न रहेको कानुनी प्रावधान छ ।

उनले प्राप्त गरेको अमेरिकी नागरिकता त्याग गरेको कुराको विधिवत जानकारी सम्बन्धित अधिकारी (प्रमुख जिल्ला अधिकारी) लाई नदिएको अदालतले ठहर गरेको छ । यस्तै नेपाल नागरिकता ऐन, २०६३ को दफा १० र ११ लगायत नेपाल नागरिकता नियमावली, २०६३ को नियम ११ बमोजिम तोकिएको प्रकृया वमोजिम नागरिकता जारी गर्ने कार्यालयमा गई निवेदन नदिएको पनि अदालतले ठहर गरेको छ ।

त्यसैले विधिवत रुपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पुरा गरेको नदेखिएकाले सांसद पदमा रहिरहन नमिल्ने अदालतको ठहर रहेको छ ।

अदालतको आदेशसंगै नेपालको राजनिती र न्याय क्षेत्रमा उथल पुथल मच्चिएको छ ।