राष्ट्रिय स्वतन्त्र पार्टी: कार्यवहाक सभापतिमा डोलप्रसाद अर्याल

राजनीति समाचार

पुस १४,२०७९/काठमाडौं-
सर्वोच्च अदालतको रवि लामिछानेबारे विवादास्पद नागरिकताका बिषयमा भएको आदेश पछि उनी सत्ताबाट मात्र न भएर पार्टीको नेतृत्वबाट पनि विस्थापित भएका छन । लामिछाने पदमुक्त भएपछि उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवहाक सभापतिको जिम्मेवारी डोलप्रसाद अर्यालले पाएका छन ।
शुक्रबार रातीनै बसेको पार्टीको आकस्मिक बैठकले पार्टीका उपसभापति रहेका डोलप्रसाद अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको जनाइएको छ ।

समानुपातिक तर्फबाट सांसद भएका अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत हुन ।