पुस १६,२०७९/काठमाडौं-
प्रेमप्रसाद आचार्य आत्मदाह घटनाका बिषयमा अनुसन्धान गर्न प्रहरीले भाटभटेनीका सञ्चालकसँग सोधपुछ गरेको छ । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा झिकाएर मृतक आचार्यले सामाजिक संजालमा उल्लेख गरेको स्टेटसका आधारमा, बयान लिइएको हो ।
माघ १० मा संसद् भवन अगाडी आफ्नो शरीरमा पेट्रोल छर्केर आत्महत्या गरेका थिए । यसैबीच प्रेम प्रसादको भोलिपल्टनै कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको थियो । मृत्युअघि उनले उठाएका विषय छानबिन गर्न मन्त्रिपरिषद्को निर्णय बमोजिम प्रहरीले अनुसन्धान गर्दै छ ।
आचार्यले उधारोमा समान लिएर भाटभटेनीले समयमा पैसा भुक्तानी न गरेको उल्लेख गरेका थिए । सो रिपोर्ट प्रहरीले अदालत समक्ष पेश गर्ने छ ।
यसैगरी प्रहरीले नक्साल स्थित शान इन्टरनेशनल कलेजका संचालकसँग पनि बयान लिएको छ । टुर प्याकेज गराएको ९० हजार रकम सो कलेजले नदिएको आचार्यले फेसबुकमा लेखेका थिए ।
आवश्यक परे थप अनुसन्धानका लागि फेरि पनि उनीहरुलाई झिकाउन सकिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले जानकारी गराए । ‘के कस्तो कार्वाही हुने भन्ने बिषयमा अदालतले निर्णय गर्ने र प्रहरीले अनुसन्धानको पाटो हेर्ने र कार्वाही अगाडि बढाउने,’ कार्कीले बताए ।