पुस १८,२०७९/काठमाडौं-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारबाट बाहिरिने संकेत गरेका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै लामिछानेले आफू अभिमन्यु नभएको लेखेर कडा कदम उठाउने संकेत गरेका छन ।
अभिमन्यु महाभारतका एक पात्र हुन्, जो अर्जुनका पुत्र थिए । उनी महाभारतको युद्धमा कौरवहरूको चक्रव्युहभित्र पसेका थिए तर त्यहाँबाट निस्किन सकेका थिएनन । र उनी त्यहीँ भित्रै मारिएका थिए ।
‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन।,’ उनले लेखेका छन ।
नागरिकता कान्डबारे सर्वोच्च अदालतले निर्णय गरे लगत्तै उनको सांसद पद बदर हुनुको साथै उपप्रधानमन्त्री तथा गृहमन्त्री गुमेको थियो ।
पुनः नागरिकता प्राप्त गर्ने बित्तिकै आफूलाई फेरि गृहमन्त्री बनाउन उनले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । उनको दोहोरो राहदानी लगायतको बिवादकाबिचमा प्रचण्डले स्पष्ट जवाफ न दिएपछि, उनले सरकारलाई चुनौती दिन थालेका छन ।
प्रतिक्रिया दिनुहोस्