पुस १८,२०७९/काठमाडौं-
स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु )काे घाेषणा भएसगै हरेक विश्व बिद्यालय साथै मातहतका क्याम्पसहरुमा विद्यार्थी संगठनहरु, ५ चैत्रमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनावको तयारीमा होम्मिएका छन् ।
चुनावी चहलपहल बढेसंगै काठमाडौं उपत्यकाका स्ववियु हुने क्याम्पसहरूमा कृयाशिल विद्यार्थी सङ्गठनहरूले यतिबेला तीव्र रूपमा स्ववियु लक्षित गरि बिबिध कार्यक्रमहरुकाे ढाचा बनाइ कार्यक्रम गरिरहेका छन् ।
प्रतिस्पर्धाको आधारमा हेर्ने हाे भने अखिल क्रान्तिकारीको मुख्य दाबेदारका रुपमा रहेको छ र यसको निर्बिकल्प उम्मेदवार बिरेन्द्र मगर हुन । अखिल क्रान्तिकारी पाटन संयुक्त कमिटी संगठन अध्यक्ष समेत रहेका बिरेन्द्र मगर बिद्यार्थी काे सुख दुखमा सधै साथ दिदै आएका छन । बिद्यार्थीसँग घुलमिल हुने बिद्यार्थी हकअधिकार सम्बन्धि आबाज उठाउने हुँदा, उनलाई बिपरित संगठनका विद्यार्थीहरुले पनि रुचाउछन । कोरोना महामारीका बेला पनि उनले रात दिन एक गरि क्याम्पसमा अध्यनरत आर्थिक रुपले कमजोर बिध्यार्थीहरुका लागि राशन देखि आर्थिक समेतमा सहयोग गरेका थिए । ‘शालिन तथा मिजाशिला मगरले निर्वाचन राम्राे मतानतरले जित्ने मा निर्धक्क छु,’ अखिल क्रान्तिकारी पाटन संयुक्त क्याम्पस कमिटीका सह-सचिव किशोर मगरको धारणा छ । जीत मगरलेनै हात पर्ने उनको दाबी छ ।
काठमाडौं उपत्यकाका प्रमुख क्याम्पसहरूमध्ये पुरानाे ललितपुरको पाटन बहुमुखी क्याम्पस प्रमुखमध्ये एक हो । यस क्याम्पसमा अहिले मुख्य गरी नेविसङ्घ, अनेरास्ववियु र अखिल (क्रान्तिकारी) प्रमुख दाबेदारका रूपमा छन् साथै यी मुख्य तीन संगठन बिच घमासान प्रतिस्पर्धा हुने देखिएको छ । पाटन संयुक्त क्याम्पसमा बिगतमा जसलाई अनेरास्ववियुले विरासत भन्दै आएका थिए, ती दिग्ज नेताहरूले पनि अहिले अखिल क्रान्तिकारीमा केही समय अघि मात्र आएका नेतृत्वहरु टिकाराम खत्री, साैरब बन्जरा लगायतका टाेलीकाे रफ्तार देखेर केही कदम पछि हट्न बाध्य भएको छन ।
