पुस २०,२०७९/धनगढी-
नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीलाई कारागार चलान गरिएको छ । शुक्रबार बिहान जिल्ला अदालतले प्रतिनिधिसभा सदस्य चौधरीलाई कारागार चलान गरेको हो ।
चौधरीलाई १० वर्षअगाडि थरुहट आन्दोलनताका ट्याक्टरमा आगजनि गरेको अभियोगमा जिल्ला अदालत कैलालीले ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई दिन फैसला गरेको थियो । उनलाई हिजो मात्र बाँकेबाट पक्राउ गरिएको थियो । यस घटनाले गठबन्धनमा असर पर्न सक्ने आकलन पनि छ ।
