नेपाल एयरलाइन्सबाट अब ई-टिकटको ब्यवस्था

अर्थ पर्यटन राजनीति समाचार

पुस २०,२०७९/नेपालगन्ज-
नेपाल एयरलाइन्सको नेपालगन्जदेखि दुर्गमका जिल्लामा उडान हुने जहाजमा अनलाइन टिकट प्रणाली लागु गरिएको छ । नेपालगन्जबाट उडान हुने जिल्लाहरू जुम्ला, हुम्ला, डोल्पा, मुगु, रुकुम र बाजुरामा अनलाइन टिकट लागु भएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख किरण श्रेष्ठले जनाएका छन । पश्चिमका दुर्गम भेगमा जहाजको टिकटमा सर्वसाधारणको पहुच न भएको र शक्तिको आधारमा वितरण हुन्थ्यो । अब उपरान्त ई–टिकट प्रणाली लागू हुने भएकोले सोझा र पहुचमा न भएका नागरिकले पनि सहज हिसाबले यात्रा गर्न पाउने भएका छन । तसर्थ माघ १९ गतेबाट नेपाल एयरलाइन्सको कर्णालीका सबै जिल्लामा ई–टिकट प्रणाली लागु भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले टिकटमा नागरिकको पहुँच बनाउनका लागि तत्काल ई–टिकट लागु गरिएको बताएका छन ।
‘पहुँच र शक्तिको आडमा मात्रै टिकट पाउने दुर्गमका जनताले भोगेको समस्याको अन्त्य गर्न जरुरी थियो र गरियो,’ उनले भने ।
यसअघि यात्रुको विवरण टिपेर क्रमशः टिकट वितरण गर्ने चलन थियो ।
यसैगरी हवाई उडान व्यवस्थित र सुरक्षित बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ नियम ल्याएको छ ।