
पुस २२ आइतबार,२०७९/काठमाडौं-
रष्ट्रियसभा सदस्य उर्मिला अर्यालले राष्ट्रियसभा उपाध्यक्षको पदका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकी छन् ।
आइतवार अर्यालले भोलि हुन लागेको निर्वाचनका लागि मनोनयन दर्ता गराएकी हुन ।
उनको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ, देवेन्द्र दाहाल र खिमलाल देवकोटा समर्थक रहेको संसद सचिवालयले जनाएको छ ।
नेकपा माओवादी केन्द्र तर्फ राष्ट्रियसभा सदस्य रहेकी नेतृ अर्याल विद्यार्थी राजनिती कालदेखिनै राजनीतिमा सकृय छन । बाम आन्दोलनमा उनको ठुलो भुमिका रहेको छ । उनी गृह जिल्ला पर्साबाट धेरै पटक संसदीय निर्वाचनमा सहभागी भएकी छन । शान्ति प्रक्रिया पछि उनले एमाले परित्याग गरी माओवादी प्रवेश गरेकी हुन ।