
पुस २३ सोमबार,२०७९/काठमाडौं-
प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले टर्कीमा आएको शक्तिशाली भुकम्पमा परी ज्यान गुमाएका त्यहाँका नागरिक प्रती गहिरो दुख व्यक्त गरेका छन ।
पहिलो भुकम्प गए लगत्तै प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल मार्फत शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरुको शिग्र स्वास्थ्य लाभको पनि कामना गरे ।
सुरुवाती चरनमा कम क्षति भएको देखिए तापनि, मृतकहरुको संख्या बढदै गएको छ । सुरुवातीमा २०० को हाराहारीमा क्षति देखिएको थियो ।

केही समय पछि देशको पूर्वी भागमा दोस्रो शक्तिशाली भूकम्प गएको थियो र अहिले १,२०० जनाभन्दा बढीको ज्यान गएको छ । टर्की र सिरियाको ठूलो भूभागमा उद्धारकर्ताहरूले खोज तथा उद्धार कार्य जारी राखेका छन्।
टर्कीको गाजीयान्टेप प्रान्तलाई केन्द्रबिन्दु बनाएर गएको सात दशमलव आठ म्याग्निट्यूडको भूकम्पका कारण कैयौँ भवन भत्किएका थिए।
उक्त क्षेत्रमा लाखौँ सिरियाली शरणार्थीहरूको बसोबास छ।
हालसम्म द्वन्द्व प्रभावित उत्तरी सिरियामा एक सयभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ।
उक्त भूकम्पको धक्का लेबनन र गाजामा समेत महसुस गरिएको थियो।
टर्कीले सङ्कटकाल घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ।
