पुस २४ मंगलबार, २०७९/सुर्खेत-
कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवस फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बिहान प्रदेश राजधानी सुर्खेतमा बसेको मन्त्रीपरिषद बैठकले सो निर्णय गरेको हो ।
यसगरी प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जिसीलाई नियुक्त गरेको छ । साथै हरेक फागुन २०७९ देखि हरेक महिनाको दोस्रो र चौथो बुधबार मन्त्रीपरिषद बैठक जनाइएको छ । बैठकले एकीकृत बस्ती बिकास कार्यक्रम २०७९ पनि स्वीकृत गरेको छ ।

