
पुस २५ बुधबार,२०७९/सिरिया-
उत्तरी सिरियामा भूकम्पले भत्काइदिएको एउटा घरमा एक नवजात शिशु फेला परेकी छन् । फेला पर्दा उनको नाभी आमाको शरीरसँग जोडिएको थियो तर आमाको भने मृत्यु भइसकेको थियो ।
भूकम्पका कारण घर भत्किँदा उनको परिवारमा अरू सबैले ज्यान गुमाए ।
उद्धारकर्ताहरूले ती नवजात बालिकालाई अस्पताल लगेका छन् ।
सोमवार आएका दुईवटा शक्तिशाली भूकम्पले टर्की र उत्तरी सिरियामा धनजनको ठूलो क्षति पुर्याएका छन् ।