सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुझाए राजीनामा !

राजनीति समाचार

पुस २६ बिहीवार, २०७९/कैलाली-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि राजीनामा बुझाएका छन् । बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले राजीनामा दिएका हुन ।

एक महिनाभित्र विश्वासको मत पाउनु पर्ने संवैधानिक प्रावधान अनुरुप उनी सफल नभएपछि हट्नु परेको हो ।

पुस २७मा २९ जना सांसदको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्री बनेका थिए । सत्ता घटक नागरिक उन्मुक्ति पार्टीले साथ छोडेपछि सुदूरपश्चिमबाट सात दलीय गठबन्धनको सरकार ढलेको हो । मुख्यमन्त्रीमा टिक्न, ५३ सदस्यीय प्रदेश सभामा उनलाई २७ मत आवश्यक थियो ।

अब त्यहाँ सब भन्दा ठुलो दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने पक्का पक्की भएको छ । यसो हुँदा, कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह अबको नयाँ मुख्यमन्त्री बन्ने छन ।