
फागुन ३ बुधबार, २०७९/काठमाडौं-
नेपाल पर्वतारोहण संघ(एनएमए)ले देव राज जैसीलाई अन्तरास्ट्रिय सम्बन्ध बिस्तार समिती सदस्यमा मनोनीत गरेको छ ।
एनएमएको सोमबार सम्पन्न चौधौं केन्द्रिय समितिको बैठकले
संघका सल्लाहकार बिक्रम पाण्डे काजीको नेतृत्वमा अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार समितीमा १५ जना सदस्यहरु मनोनीत गरेको हो ।
सुर्खेत घर भएका जैसी लामो समय देखि नेपालको पर्यटन प्रबर्द्धनका लागि होम्मिएका छ्न । उनी नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज(नारा)को केन्द्रिय कार्य समिति सदस्य का साथै नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स( नाट्ट) को कर्णाली च्यापटको महासचिव समेत हुन । त्यसैगरी नेपाल पर्यटन बोर्डबाट गठित आन्तरिक पर्यटन पर्वद्वन समिति (डिटिआरसि) को कर्णाली प्रदेशको सह- संयोजक समेतको भुमिकामा रहेर कर्णाली र सुदुरपस्चिममा साहसिक पर्यटन सङ्ग सम्बन्धि कम्पनी संचालन गर्दै आएका छन । साथै कर्णाली राफ्टिङ एन्ड एड्भेण्चर प्रालि, कर्णाली नेपाल ट्रेक्स एन्ड टुर्स प्रालि, जामु फिसिङ रिसोर्ट प्रालिका एकल संन्चालक पनि हुन ।