स्थानीय निर्वाचन खर्च विवरण न बुझाएका उम्मेदवारले जरीमाना तिर्नु नपर्ने

राजनीति समाचार

फागुन ५ शुक्रबार,२०७९/काठमाडौं-
स्थानीय निर्वाचनको खर्च विवरण न बुझाएका उम्मेदवारले अब निर्वाचन आयोगले तोकेको जरिबाना तिर्नु नपर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सो जरिबाना मिनाहा गर्ने निर्णय गरेकी हुन।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा नेपालको संविधानको धारा २७६ बमोजिम राष्ट्रपतिले जरिबानामा माफी मिनाहा गरेको राष्ट्रपति कार्यालय श्रोतले जनाएको छ।

जरिबानामा परेका जनप्रतिनिधिहरूले गत माघ २२ गते गृह मन्त्रालयमार्फत राष्ट्रपतिलाई मिनाहाका लागि निवेदन पठाएका थिए।

यस्तै प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरूलाई पनि ज्ञापनपत्र बुझाइएको थियो। उनीहरुको आग्रहअनुसार मन्त्रिपरिषदबाटै सिफारिस भएर राष्ट्रपतिबाट यो निर्णय भएको हो।