
फागुन १३ सनिवार,२०७९/काठमाडौं-
राष्ट्रपतिको पदका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन। सनिवार दिउसो नेता पौडेलले संसद भवन नयाँ बानेश्वरस्थित निर्वाचन अधिकतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । राष्ट्रपति पदमा पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान रहेका छन।
साथै समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे बसे।
पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्।
यसैगरी एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । पार्टी अध्यक्ष केपी ओलि लगायतका एमाले नेता सहित उनी पनि बानेश्वर पुगेका थिए।
एमालेको बोटमलाइननै राष्ट्रपति भएकोले न पाएमा सरकारबाट बाहिरिने भन्दै आएको थियो। माओवादी केन्द्रले भने एमाले बाहेक जसलाई भए पनि दिने सोचमा हो। एमालेले आफ्नो उम्मेदवार नेता नेम्बाङलाई खडा गर्ने निर्णय आज बिहान बसेको सचिवालय बैठकबाट गर्यो। एमालेले दुई पटक संविधान सभा विघटन गरेकोले यसपालि भने कुनै पनि हालतमा राष्ट्रपति दिन नहुने आम माओवादी कार्यकर्ताहरुको दबाब थियो। रामचन्द्र पौडेल १७ पटक प्रधानमन्त्रीको निर्वाचनमा असफल पात्र भएकोले पनि उनीप्रति सबैको सहानुभूति रह्यो। उनलाई इमान्दार नेताका रुपमा पनि बुझिन्छ।
प्रतिक्रिया दिनुहोस्