कोशी प्रदेश नामाकरण: लिम्बुवान, किराँत संयुक्त संघर्ष समितिद्वारा बिरोध

राजनीति समाचार

फागुन १७ बुधबार,२०७९-
एक नम्बर प्रदेशलाई कोशी प्रदेश नामाकारण गरेको बिषयमा लिम्बुवान, किराँत संयुक्त संघर्ष समितिले बिरोध जनाएको छ। बुधबार प्रेस बिज्ञप्ति मार्फत संघर्ष समितिले नामाकरण गर्न बाकी अन्तिम प्रदेशको नाम बिना कुनै छलफल र बहस छापामार शैलीमा नामाकरण गर्न लागेको सन्धर्भमा राजनितिक तथा सामाजिक संघसंस्थाहरुको ध्यानाकर्षण भएको बताएको छ।
संविधानसभाको बिषय समिति र राज्य पुनसंरचना उच्चस्तरीय आयोगबाट सिफारिस भए बमोजिमका पहिचानमा आधारित प्रदेश नामहरु न राखेर त्यसको मर्म बिपरित राखिएको भनीएको छ। “उत्पीडनकारी औपचारिक एकल सामन्ती केन्द्रीकृत एकात्मकबादी चिन्तनको धुङ्धुङी झल्काउने गरि
पञ्चायती शैलीमा ऋषि मुनीको नाममा खोलाको नाम राखिएको नाम प्रयोग गरिएको,” भनिएको छ।