
फागुन १८ बिहीवार,२०७९/चितवन-
चितवनस्थित भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको पहलमा नारायणी नदीको पुलमा बत्ती बलेको छ।
बिहीवार साझ भरतपुरकी मेयर रेनु दाहालले स्मार्ट प्रविधिबाट नारायणी पुलको बत्ती बालेर उद्घाटन गरेकी हुन। स्मार्ट लाईट सफ्टवेयरलाई ल्यापटप कम्प्युटरबाट स्वीच अन गरेर १४ वटा स्मार्ट बत्ती बालिएको थियो।
बत्ती जडान पछि नारायणघाट र नवलपरासी जिल्लाको गैंडाकोट जोडने नारायणी नदीको पुलमा रात्रीकालिन वाहनहरुलाई सहज भएको छ।
“यस कार्यमा महत्वपुर्ण सहयोग गर्नुहुने बिधुत प्राधिकरणका सम्पुर्ण टिम लगायत सबैमा बिशेष धन्यबाद,” मेयर दाहालले सामाजिक संजालमा लेखेकी छिन।
भरतपुर महानगरपालिकाले उज्यालो भरतपुर कार्यक्रम अन्तरगत मूख्य सडकमा स्मार्ट लाईट जडान गर्ने योजना बनाएको छ।
गत जेठमा आएको हावाहुरीले नारायणी पुलमा रहेका बत्तीका पोलहरु भाँचिएका थिए।
सन् १९८० को दशकमा नारायणी नदीमा बनेको सो पुल करिब ४२० कि.मि लामो रहेको छ र पुर्व-पश्चिम राजमार्ग अन्तर्गत पर्दछ।
