फागुन २० सनिवार,२०७९/काठमाडौं-
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालका कान्छा भाई सरोजकुमार उपाध्यायको निधन भएको छ। सनिवार दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको ६ तलामाथिबाट खसेका थिए।
सुरुमा उनलाई नयाँबानेश्वरस्थित निजामति कर्मचारी अस्पताल पु¥याइएको थियो। त्यसपछि माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा पुर्याइयो, जहाँ उनलाई मृत घोषण गरियो।
६२ वर्षीय उपाध्याय एकीकृत समाजबादीका केन्द्रिय सदस्य थिए।
