फागुन २१ आइतबार,२०७९/काठमाडौं-
सत्ता गठबन्धनका ९ राजनीतिक दलहरुले शान्ति प्रक्रियाका बाकी कामलाई विस्तृत शान्ति सम्झौता र संविधानको भावना अनुरुप तार्किक निस्कर्शमा पुर्याउन प्रतिबद्धता जनाएका छन।
आइतबार साझ नेपाली काङ्ग्रेस; नेकपा माओवादी केन्द्र; जनता समाजबादी पार्टी,नेपाल; लोकतान्त्रिक समाजबादी पार्टी,नेपाल; नेपाल समाजबादी पार्टी; नेकपा एकीकृत समाजबादी; राष्ट्रिय जनमोर्चा,नेपाल; नागरिक उनमुक्ती पार्टी र जनमत पार्टीले संयुक्त दुई बुदे बिज्ञप्ति निकालेका हुन।
बिज्ञप्तिमा लेखिएको छ केही दिन यता जनताको त्याग र बलिदानबाट प्राप्त संविधान र लोकतान्त्रिक गणतन्त्रको संविधान विपरीत गतिविधि र यिनलाई सहयोग गर्ने क्रियाकलापहरु लोकतन्त्र विरोधी हुन।
“संक्रमणकालिन न्याय बारेमा उठेका बिषयमा हाम्रो ध्यान गम्भीर रुपले आकृष्ट भएको छ,” बिज्ञप्तिमा लेखिएको छ। यसैगरी द्वन्द्वकालिन घटनाबाट पीडित नागरिक एवम उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक सम्मानित सर्वोच्च अदालतको फैसला बमोजिम कानुन बन्नेगरी संसदको यसै अधिवेशनमा प्रस्तुत गरिने बताइएको छ।
साथै कानुन निर्माणका साथै सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरिने उल्लेख गरिएको छ।

