प्रधानमन्त्री विरुद्ध रिट: अखिल क्रान्तिकारीले बिरोध प्रदर्शन गर्ने

राजनीति समाचार

फागुन २३ मंगलबार,२०७९/काठमाडौं-
प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले प्रदर्शन गर्ने घोषणा गरेको छ। मंगलबार बेलुका ५ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई लक्षित गरि हालेको रिट बिरुद्ध प्रदर्शन हुँदै छ।
“अखिल क्रान्तिकारीले देशमा आएको परिवर्तनको रक्षार्थ पनि सो प्रदर्शन गर्न लागेको र युवाहरुले अन्याय सहेर बस्ने छैनौं। प्रतिक्रियावादी शक्ति झुक्नै पर्छ,” अखिल क्रान्तिकारीकि अध्यक्ष पन्चा सिंहले बताइन।
“माइतीघरमा हामीले प्रतिगमन विरुद्ध आज एक्कासी मोर्चा कसने वातावरण बनेको छ। आन्दोलनलाई सफल बनाउन सबै न्यायप्रेमी बिध्यार्थीहरुलाई अपिल गर्दछु,” उनले थपिन। जनयुद्धकालीन मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोगबाट सो गतिविधि द्शलाई युद्धमा लिएर जाने षडयन्त्र भएको अखिल क्रान्तिकारीको बुझाई छ। सर्वोच्च अदालतले पेशी पनि रास्ट्रपति निर्वाचनका दिननै तोकेको छ।