
फागुन २५ बिहीवार,२०७९/काठमाडौं-
मन्त्रिपरिषदको बैठकले सत्य निरूपण तथा मेलमिलाप सम्बन्धि संशोधित विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने निर्णय गरेको छ।
बिहीवार बिहान ८ बजे सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धि प्रस्ताव मन्त्रिपरिषदको विषयगत समितिमा छलफलका लागि पठाई यथाशीघ्र क्याबिनेटमा पेश गर्ने पनि निर्णय गरेको छ।