फागुन २५ बिहीवार,२०७९/काठमाडौं-
राष्ट्रपति पदमा कांग्रेस नेता रामचन्द्र पौडेल विजयी भएका छन् । बिहीवार भएको राष्ट्रपतिको निर्वाचनमा उनले एमालेका नेता सुवास नेम्वाङलाई पराजित गरेका थिए।
पौडेलले सो क्रममा संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत पाएका थिए। उनका निकट प्रतिस्पर्धी नेम्वाङले संघतर्फ ९८ र प्रदेशतर्फ १६२ मत पाए। कुल ८ सय ८२ मतदाता रहेको राष्ट्रपति निर्वाचनमा ८ सय ३१ मत खसेको छ।
जसअनुसार पौडेलले संघतर्फ १६९०६ र प्रदेशतर्फ १६८९६ मतभार प्राप्त गरे । उनको कुल मतभार ३३८०२ रहेको छ। यसैगरी नेम्वाङले संघतर्फ ७७४२ र प्रदेशतर्फ ७७७६ गरी कुल १५५१८ मतभार प्राप्त गरे । पाँच मत भने बदर भएका छन ।
नेता पौडेलको ६० वर्ष लामो आरोह अवरोहका दौरानमा उनले देशको कार्यकारी पद प्रधानमन्त्रीमा निकै चासो लिएका थिए। तर परिस्थिति उनको पक्षमा न भएपछि, उनले अर्को बाटो रोजे।