
फागुन २५ बिहीवार,२०७९/चितवन-
भरतपुर महानगरपालिका र जापानको योकोसुका शहर बीच औपचारिक रुपमा भगिनी सम्बन्ध स्थापित भएको छ।
भरतपुर महानगरकि मेयर रेनु दाहालको बिशेष पहलमा यो भगिनी सम्बन्ध गासिएको हो।
यस कदमले भरतपुरलाई अन्तर्राष्ट्रिय स्तरमा उठाएको छ र दुबै स्थानीय तहले एक अर्काका संस्कृति, इतिहास र समृद्धिका सफल योजना साटासाट गर्ने एउटा महत्त्वपूर्ण कडी हुन सक्ने बताइन्छ।