उपराष्ट्रपति निर्वाचन: ४ जनाको उम्मेदवारी

राजनीति समाचार

फागुन १२ आइतबार,२०७९/काठमाडौं-
उपराष्ट्रपतिको निर्वाचनका लागि ४ जनाले उम्मेदवारी दिएका छन। सनिवार दिउसो गठबन्धनबाट जसपाले रामसहाय यादव र प्रमिलाकुमारी यादवको छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएको छ।

उपराष्ट्रपतिमा महिला र फरक समुदायको उम्मेदवार बनाउन मिल्ने निर्वाचन आयोगले भनेपछि प्रमिलाकुमारी यादवको नाम आएको हो।

रामसहाय यादवको प्रस्तावकमा जसपाका अशाेककुमार राई र प्रदीप यादव, एकीकृत समाजवादीका किसन श्रेष्ठ, माओवादी केन्द्रका शक्ति बस्नेत र नेपाली कांग्रेसका रमेशजङ्ग रायमाझी छन्।

समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकाेटा र भानुभक्त जाेशी रहेका छन्।

प्रमिलाकुमारी यादवको प्रस्तावकमा रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर सह, दीपक कार्की र राजकिशोर यादव छन्। समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरुङ, जयन्ती राई र मनीषकुमार सुमन छन्।

यसैगरी जनमत पार्टीबाट ममता झाको पनि उम्मेदवारी दर्ता भएको छ। झाको उम्मेदवारीलाई नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गरेको छ।

उनको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गङ्गाराम चौधरी, अविराम शर्मा र रूपाकुमारी यादव छन्। समर्थकमा गोमा लाभ सापकोटा, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी र विनिता कुमारी सिंह छन्।

शाक्यको उम्मेदवारीमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरू सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र गाेकर्ण विष्ट प्रस्तावक छन्। शाक्यको समर्थकमा कृष्णगाेपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यशाेदा रिमाल छन्।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि शनिवार दिउँसो २ बजेसम्मको समय तय गरेको थियो।

उपराष्ट्रपति चयनका लागि आगामी शुक्रवार मतदान हुँदैछ। निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि शनिवार दिउँसो २ बजेसम्मको समय तय गरेको थियो।

उपराष्ट्रपति चयनका लागि आगामी शुक्रवार मतदान हुँदैछ।

निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि ८८२ जना मतदाताको नाम सार्वजनिक गरेको छ। सङ्घीय संसद्का ३३२ जना र प्रदेशसभाका ५५० जना।