विप्लव नेतृत्वको नेकपा र कर्णजित नेतृत्वको नेकपा माओवादी समाजवादीबीच एकता

राजनीति समाचार

चैत्र १ बुधबार, २०७९/काठमाडौं-
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र कर्णजीत बुढा नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच पार्टी एकता भएको छ। बुधबार काठमाडौँको प्रज्ञा भवनमा विप्लव नेतृत्वको नेकपा र कर्णजीत बुढा नेतृत्वको माओवादी समाजवादी पार्टीबीच एकता भएको हो।

केही समय अघि मात्र माओबादी घटकहरु एक ढिक्का भएर अगाडि बढनु पर्ने वातावरण बनेपछि, प्रधानमन्त्री निवास बालुवाटारमा बिगतमा छुटेका ८ दलहरुले संयुक्त बिज्ञप्ति निकालेका थिए।

दुबै पक्षले गैरक्रान्तिकारी शक्तिले जनयुद्धबाट प्राप्त उपलब्धिहरुलाई सिध्याउन लागेको ठहर गर्दै, एकता बिना सहिद परिवार तथा घाइते अपाङ्गको पनि रक्षा गर्न न सकिने धारणा राखे। माओवादी घटकबिच एकताको क्रम जारी रहने उनीहरुले बताए।