उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव विजयी




चैत्र ३ शुक्रबार,२०७९/काठमाडौं-
उपराष्ट्रपति पदमा जसपाका नेता रामसहाय प्रसाद यादव निर्वाचित भएका छन्।
सत्ता गठबन्धनका मजबुत उम्मेदवार यादवले शुक्रबार एमालेकी नेतृ अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पराजित गरेका हुन।
निर्वाचित यादवले संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ सांसदको मत पाए भने पराजित शाक्यले प्रदेशतर्फ १६९ र संघतर्फ १०४ सांसदको मत पाइन।
यस्तै जनमत पार्टीकी ममताले प्रदेशतर्फ १५ सांसदले मत पाउँदा संघतर्फ २३ सांसदको मत पाइन् । यसपालिको निर्वाचनमा धेरैको अनुमान विपरीत संविधानको मर्म विरुद्ध दुबै पदमा पुरुषको वर्चस्व रह्यो।

प्रकाशित मिति : २०७९ चैत ३ गते शुक्रबार
अरु पनि पढ्नुहोस्