चैत्र ४ सनिवार,२०७९/काठमाडौं-
सभामुख देवराज घिमिरेले पत्रकार बिक्री हुन्छन भन्ने दिएको अभिव्यक्तिप्रति पत्रकार महासंघको ध्यानाकर्षण भएको भन्दै, फिर्ता न लिएमा कानुनी तथा दबाबमुलक कार्यक्रम गर्ने चेतावनी दिएको छ। सनिवार प्रेस बिज्ञपति जारी गर्दै महासंघले सुरुमा सभामुखको सचिवालय मार्फत त्यस आधारहीन अभिव्यक्तिलाई फुर्ता लिन ध्यानाकर्षण गराएको तर त्यसको कुनै आधिकारिक धारणा न आएको जानकारी गराइएको छ।
महासंघले सार्वभौम संसदको मुलनेतृत्वलेनै त्यस्तो आफ्नो पदीय हैसियत र मर्यादाविपरीत सञ्चार क्षेत्रप्रति आधारहिन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्तै दु:खद भएको बिज्ञपति मार्फत उल्लेख गरेको छ।

