चैत्र ५: अनेकोटमा ५ जना जनकलाकारलाई जीउँदै जलाएको दिन

राजनीति समाचार


चैत्र ५ आइतबार,२०७९/काठमाडौं-
आज चैत्र ५ को दिनलाई नेकपा माओवादी केन्द्रले साँस्कृतिक प्रतिरोध दिवसका रुपमा सम्झिने गर्दछ।
आजकै दिन २०५५ सालमा काभ्रेको अनेकोटमा सात जना जनकलाकारहरुलाई जिउँदै आगो लगाएर हत्या गरिएको थियो। त्यस दिन निशस्त्र कलाकारहरु बसेको घरमा प्रहरीले आगो लगाएर ५ जनालाई जिउदै जलाइएको थियो। सो दिन च्याङ्बा लामा, चिनीमाया लामा, गुम्बासी तामाङ, निर्मला देवकोटा, डम्बर श्रेष्ठ, सुभद्रा सापकोटा र मञ्जु कुँवरलाई जिउदै जलाइएको थियो।