चैत्र ५ आइतबार,२०७९-
त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ।
यसक्रममा साठी आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमध्ये अधिकांशमा आइतबार विद्यार्थीहरुले मतदान गरि रहेका छन। करिब १४ वर्षपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन भई रहेको छ।

यसैगरी केही क्याम्पसहरुमा भने विवादका कारण मतदान स्थगित भएको जनाइएको छ। जसमा आर आर क्याम्पस, अमृत साइन्स क्यापस, पशुपति क्याम्पस र कोटेश्वर क्याम्पसमा चुनाव हुन सकेन।
बिहान ८ देखि सुरु भएको मतदान दिउँसो ४ बजेसम्म जारी रहनेछ। यसअघि धेरै क्याम्पसहरुमा उम्मेदवारहरु निर्विरोध निर्वाचित भई सकेका छन।
