घनश्याम भुसाल बने एकीकृत समाजवादीका महासचिव

राजनीति समाचार

चैत्र ५ आइतबार,२०७९/काठमाडौं-
घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीका महासचिव बनेका छन।

आइतबार बसेको एकीकृत समाजबादीको सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको हो। यसअघि बेदुराम भुसाल महासचिव थिए। अब उनी उपाध्यक्षको भुमिकामा आएका छन।

यसैगरी बैठकले पार्टीका चारै जना उपाध्यक्षलाई केन्द्रीय सचिवालय सदस्य मनोनीत गरेको छ।

तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलिले प्रतिनिधिसभा विघटन गरेपछि भुसाल माधव नेपालसंगै आन्दोलनमा होम्मिएका थिए माओवादी केन्द्र र काङ्ग्रेससहित। पछि सर्वोच्च अदालतको फैसलासंगै एमालेतर्फ योगेश भट्टराई र भिम रावलसहित लागेका थिए। एमाले छाडेर गत मंसिर ४ को चुनावमा रूपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिए।