प्रधानमन्त्री प्रचण्डले पाए दोस्रो पटक विश्वासको मत

राजनीति समाचार

चैत्र ६ सोमबार,२०७९/काठमाडौं-
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन्। सोमबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका हुन।

सो प्रक्रियामा, प्रधानमन्त्री प्रचण्डको पक्षमा १७२ मत खसेका थिए भने विपक्षमा ८९ मत पर्यो र एक जना सांसद तटस्थ बसे। प्रतिनिधिसभामा भएको मतदानमा कुल २६२ सांसद उपस्थित थिए ।

यसअघि प्रचण्डले पुस २६ मा पहिलो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनले २६८ सांसदको मत पाएका थिए।

एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रचण्डले फेरि विश्वासको मत लिनु परेको हो। उनी गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका हुन।