सभामुख देवराज घिमिरेले पत्रकारबारे आफ्नो अभिव्यक्ति फिर्ता लिए

राजनीति समाचार

चैत्र ६ सोमबार,२०७९/काठमाडौं-
सभामुख देवराज घिमिरेले पत्रकारका सन्दर्भमा केही दिन अघि व्यक्त गरेको आफ्नो अभिव्यक्ति फिर्ता लिएका छन।
सोमबार आफ्नो कार्यकक्षमा सभामुखले नेपाल पत्रकार महासंघको नेतृत्वबीच छलफल गरेर सो कुराको जानकारी गराएका हुन।
उनले पत्रकार बिक्री भएको भन्ने अभिव्यक्ति दिदा उनको सर्वत्र विरोध भएको थियो।

सभामुखले नेपाली प्रेसले नेपालको लोकतन्त्रका लागि खेलेको भूमिकाको सम्मान गर्दै प्रेस स्वतन्त्रताप्रतिको प्रतिवद्धता व्यक्त गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी गराए।

सभामुखको अभिव्यक्ति लगत्तै पत्रकार पत्रकार महासंघले फिर्ता न लिए कानुनी तथा दबाबमूलक कार्यक्रम गर्ने चेतावनी दिएको थियो।