सञ्चार मन्त्री रेखा शर्मा भारत भ्रमणमा

राजनीति समाचार

चैत्र ७ मंगलबार/काठमाडौं-
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा विभिन्न कार्यक्रममा भाग लिन मंगलवार भारत प्रस्थान गरेकी छिन।

मन्त्री शर्मा मंगलबार नयाँ दिल्ली प्रस्थान गरेकी हुन।
उनको बुधबार र बिहीबार विभिन्न कार्यक्रममा सहभागी हुने तालिका रहेको छ। सो क्रममा बुधबार अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू)को क्षेत्रीय कार्यालय उद्घाटनमा सहभागी हुने कार्यक्रम छ। नयाँ दिल्लीमा स्थापना भएको आइटियूको एशिया प्रशान्त क्षेत्रीय कार्यालय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने कार्यक्रम छ।

उक्त कार्यक्रममा विभिन्न देशका सन्चारमन्त्रीहरु सहभागी हुनुहुने छ। त्यस्तै मन्त्री शर्मा बुधबार नै विभिन्न देशका मन्त्रीहरु सहभागी हुने मन्त्रीस्तरीय सम्वादमा सहभागी हुने पनि कार्यक्रम तय भएको छ।

बिहीबार उहाँले भारतीय समकक्षी अश्विनी वैष्णवसित दुईपक्षीय भेटवार्ता गर्ने र शुक्रबार दिउँसो स्वदेश फिर्ता हुने कार्यक्रम रहेको मन्त्री शर्माका सन्चार बिज्ञ नरेन्द्र केसीले जानकारी दिए । मन्त्री शर्मा भारतस्थित नेपाली दूतावास र त्यहाँस्थित नेपाली समुदायले गर्ने कार्यक्रममा पनि सहभागी हुने बताइएको छ।

मन्त्री शर्माका साथ नेपाल दूरसन्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तमप्रसाद खनाल, मन्त्रालयका सहसचिव गौरव गिरी, मन्त्री शर्माका स्वकीय सचिव हेमराज शर्मा पोख्रेल, नेपाल टेलिकमका प्रबन्धक बिमल आचार्य भारत प्रस्थान गरेका छन।