थाहा पुस्तकालय सञ्चालनमा आउदै !

मनोरञ्जन समाचार साहित्य


चैत्र १२ आइतबार,२०७९/काठमाडौं-
काठमाडौंको मिनभवनमा थाहा पुस्तकालय सञ्चालनमा आउदै छ। सर्वसाधारणका लागि खोलिने सो पुस्तकालयमा करिब ५ हजार पुस्तकहरु संकलन भई सकेका छन। बिशेष गरि बालबालिका र युवाहरुमा पुस्तक वाचनको बानी बसाल्न र ज्ञानको भण्डार हासिल गर्न प्रेरित गर्न सो पुस्तकालय स्थापना गरिएको सुमार्गी समुह तथा पुस्तकालयकि अध्यक्ष अस्मिता सुमार्गी बताउछिन।
“जति सुकै आधुनिक युगमा हामी पुगे पनि पुस्तकको आफ्नै महत्व छ,” उनी भन्छिन। करिब २५ बर्ष बढी समाजसेवामा समर्पित भएकी उनी,हाल छोराहरूले व्यवसायमा सहयोग गर्न थालेपछि पुस्तकालय अझै व्यवस्थित गर्न समय दिने बताउछिन।
होस्टेल बस्ने बिध्यार्थीहरुले एकान्तको शान्त वातावरण खोज्ने गरेको र सस्तो सुल्कको खोजीमा भएकोले थाहा पुस्तकालय उनीहरुको रोजाईमा पर्न सक्द्छ। विभिन्न बिषय र विधाका पुस्तकहरु यहाँ सजाएर राखिएका छन। कतिपय सुमर्गीका आफ्नै घरबाट ल्याईएका छन भने कतिपय भारतबाट मगाईएका हुन। यसलाई एउटा रिसर्च केन्द्रका रुपमा पनि स्थापना गर्न खोजिएको छ। यहाँ तीन जना नियमित रहने स्टाफ र स्वयंसेवक समेत छन। सुरुवाती एक महिना निसुल्क सेवा प्रदान गर्ने र उदघाटन पछि ३ महिना सम्मका लागि ५०० सुल्क मात्रको ब्यवस्था गर्ने योजना रहेको छ।
बैशाख महिनामा उदघाटन हुँदै सो पुस्तकालयका करिब ७५% पुस्तकहरुको डिकोडिङ सकिएको पुस्तकालयका नविन यादवले जानाकरी गराए। पुस्तकहरुप्रति बिशेष लगाव भएका यादवले कसैले आफुसंग भएका पुस्तकालयलाई दिन चाहेमा सम्पर्क गर्न अपिल गर्दछन।