ओलीको जनयुद्धबारे अभिव्यक्ति बिरुद्ध सहिद तथा बेपत्ता सन्तति फाउन्डेसनको आपत्ति

राजनीति समाचार


चैत्र १६ बिहीवार,२०७९/काठमाडौं-
नेकपा एमाले अध्यक्ष केपी ओलीको ‘जनयुद्ध’ बारे अभिव्यक्ति का विरुद्ध सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आपत्ति जनाएको छ। बिहीवार माओवादीको नेतृत्वमा भएको आन्दोलनलाई जनयुद्ध नभएर हिंसा भएको टिप्पणी गरेकोमामा
फाउन्डेसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कुचेष्टा घृणाका लागि समेत लायक छैन।
बिज्ञप्तिमा लेखिएको छ, २०६३ मंसिर ५ गते भएको बिस्तृत शान्ति सम्झौतामा समेत पछाडी बसेर इतिहासको साक्षी बनेको कुरा निज खड्गप्रसाद ओलीलाई स्मरण गराउन चाहन्छौ,”।
फाउन्डेसनका अध्यक्ष सन्दीप पुनद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा ‘जनयुद्धलाई स्वीकार गरेर नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गरेका र आज यी रुन्चे अभिव्यक्ति दिने व्यक्ति एकै हुन् वा हैनन् ?’ भन्ने प्रश्न गरिएको छ।
स्वयम् आफैले नेतृत्व गरेको पार्टी प्रचण्डको सरकारमा सामेल भएर दिएको ‘जनयुद्ध दिबस’ को सार्वजनिक बिदालाई क्यालेन्डरबाट हटाउने बालहठ त्याग्न ओलीलाई आग्रह गर्दछौं,’ भन्ने उल्लेख गरिएको छ।
यसैगरी सरकारले घोषणा गरेर राजपत्रमा प्रकाशित राष्ट्रिय सहिदको बारेमा ओलीले दिएको अपमानजनक अभिव्यक्तिलाई कारबाहीको दायरामा ल्याएर राज्य छ भन्ने अनुभूत गराउन समेत फाउन्डेसन नेपाल सरकार समक्ष जोडदार माग गरेको छ ।