चैत्र १७ शुक्रबार,२०७९/काठमाडौं-
लामो अन्तराल पछि मन्त्रिपरिषद् पुनगर्ठन भएको छ। प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार दिउसो तीन महिनाको अन्तराल पछि मन्त्रिपरिषद् पुनर्गठन गर्न सफल भएका हुन।
यसरी प्रधानमन्त्री प्रचण्डले १२ जना नयाँ अनुहारहरु मन्त्रिपरिषदमा समावेस गराएका छन। राष्ट्रपति रामचन्द्र पौडेलले
नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराए।
कांग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्रीको कार्यभार ग्रहण गरेका छन्। त्यस्तै माओवादीबाट शक्ति बस्नेतले ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन्। त्यस्तै एकीकृत समाजवादीबाट वेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन्।
यसैगरी जसपाबाट अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् भने लोसपाबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्दा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएकी छिन।
त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका महिन्द्र राय यादवलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यो संगै अझै पनि ६ मन्त्रालय रिक्त नै छन्। प्रचण्ड नेतृत्वको सरकारमा १६ मन्त्री र एक राज्यमन्त्री गरेर १७ जना रहेका छन।
