प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितहरुलाई बालुवाटार बोलाए !

अर्थ राजनीति समाचार

चैत्र १७ शुक्रबार,२०७९/काठमाडौं-
प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितहरुलाई भेटघाट गर्न बालुवाटार बोलाएका छन।
प्रधानमन्त्री प्रचण्डले सनिवार बिहान ८ बजे आफ्नो सरकारी निवास बोलाएका हुन।
केही समय यता मधेस लगायतका स्थानबाट हिडेर राजधानी काठमाडौं आएर आन्दोलन गरि रहेका मिटरब्याज पीडितहरुलाई न्याय हुने गरि सरकारले वार्ता समिती पनि गठन गरेको छ।