
चैत्र १७ शुक्रबार,२०७९/काठमाडौं-
रिपोर्टर्स क्लब नेपालले विभिन्न व्यक्तिव्यहरुलाई सम्मान गरेको छ। क्लबले आफ्नो २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट सम्मान गराएको हो।
क्लबले राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ पनि सम्मानित भएका छन् । नेपालको बैंकिङ्क र आर्थिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका श्रेष्ठलाई मुलुकको आर्थिक क्षेत्रलाई सक्षम र उन्नत बनाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो।
त्यसैगरी, एलआईसी(नेपाल) लिमिटेडका निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासलाई पनि क्लबले सम्मान गरेको छ । नेपालको विमा र आर्थिक क्षेत्रमार्फत मुलुकको आर्थिक क्षेत्रलाई सक्षम र समुन्नत बनाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै क्लबले उनलाई सम्मान गरेको हो ।
बिमा ब्यवसायमा भएका बेथिति र बिसंगतिहरुलाई हटाउन र बिमा निर्देशिका संसोधन गर्न निर्वाह गरेको भूमिकाकोसमेत क्लबले स्मरण गर्दै प्रमुख कार्यकारी अधिकृत दासलाई क्लबको रजत महोत्सव २०७९ को अवसरमा विशेष सम्मानुसहित अभिनन्दन गरिएको हो ।
त्यस्तै, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कूल आचार्य सम्मानित भएका छन् । मातृ भूमीप्रतिको मायाले ओतप्रोत भई विदेशमा बसेका नेपालीहरुको समस्या समाधानसँगै नेपालमा लगानी भित्र्याउन उनले खेलेको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै क्लबले आफ्नो २५औं वार्षिकोत्सवमा सम्मान गरेको हो ।
नेपालको तरल अवस्थामा रहेको अर्थतन्त्रलाई सवलीकरण गर्दै विकासको प्रक्रिया अगाडि बढाउन गैरआवासीय नेपाली संघकोे योगदान प्रशंसनीय रहेको क्लबको ठहर छ ।
त्यसैगरी, रिपोर्टर्स क्लब नेपालका पूर्व उपाध्यक्ष दीपक बोहरा सम्मानित भएका छन् । मुलुकको सञ्चारक्षेत्रको प्रतिनिधिमुलक संस्था रिपोर्टर्स क्लब नेपालको उपाध्यक्ष जस्तो गरिमामय पदमा रहेर पत्रकारिताको विकास र सम्बद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उनलाई सम्मान गरिएको हो ।
पत्रकारितासँगै राजनीतिमार्फत मुलुकको पत्रकारिता र विकासमा उनको योगदान महत्वपूर्ण रहेको क्लबको ठहर छ । बोहराको उक्त सम्मानपत्र भने रास्वपाका सांसद गणेश प्रसाद पराजुलीले ग्रहण गरेका थिए।
कृष्ण सेन ‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कारबाट प्रेस सेन्टर नेपालकी निवर्तमान उपाध्यक्ष तथा द वाकर अनलाइनकि सम्पादक तथा प्रकाशक लक्ष्मी पुन सम्मानित भएकी छिन। उनले दुई दशक भन्दा बढी समय पत्रकारिता गर्दै आएको र युद्ध पत्रकारको भुमिका कुशलतापुर्वक निर्वाह गरेको अनुभव छ। उनले गणतन्त्र रेडियो मगरातमा कार्यरत रहदा रोल्पा रुकुमका डाडा काडामा सानो नानी च्यापेर जोखिमपुर्ण पत्रकारिता गरेकी हुन। नेपाल टेलिभिजनमा शान्ति प्रक्रियापछि ५ बर्षको अङ्ग्रेजी सम्पादक र वाचिकाको अनुभव पनि उनीसँग छ।
त्यसैगरी, कान्तिपुरकर्मी रश्मिला प्रजापतिलाई क्लबले सम्मान गरेको छ । साढे दुई दशकभन्दा लामो समयदेखि नेपाली पत्रकारिताको विकास र प्रर्वद्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई सम्मान गरिएको हो । प्रजापति नागरिकको सूचनाको अधिकारलाई स्थापित गराउन पत्रकारिता क्षेत्रमा निरन्तर समर्पित छिन्।
त्यसैरी रिलायवल ग्रुप अफ कम्पनिजका सञ्चालक अशोक साह सम्मानित भएका छन् । नेपालको आर्थिक र ब्यवसायीक क्षेत्रलाई सवलीकरणतर्फ लैजान महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै उनलाई सम्मान गरिएको हो ।
अर्थतन्त्र तरल अवस्थामा रहेको बेलामा राष्ट्रिय अर्थतन्त्रलाई टेवा पु¥याउनेगरि उनले पुर्याएको योगदान महत्वपूर्ण रहेको क्लबले जनाएको छ ।
त्यस्तै, मिडिया व्यवसायी हरिशरण सुवेदी सम्मानित भएका छन् । उनी नेपालको टेलिभिजन विज्ञापन बजारमा विगत अढाई दशकदेखि अनवरत रुपमा क्रियाशील छन् ।
टेलिभिजन उद्योगको श्रीबृद्धिमा अतूलनीय योगदान दिई टेलिभिजन विज्ञापन बजारको संस्थागत विकासलाई थप उँचाईमा पु¥याएको स्मरण गर्दै क्लबले उनलाई सम्मान गरेको हो ।
त्यसैगरी, पत्रकार एवं शिक्षासेवी रामहरी सिलवाल सम्मानित भएका छन् । नेपालको शिक्षा क्षेत्रमा आधुनिकीकरण र विकासमा महत्वपूर्ण उनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
शिक्षा क्षेत्र र पत्रकारिता क्षेत्रमार्फत् मुलुकको शिक्षा प्रणाली र पत्रकारितालाई व्यवसायिक बनाउन महत्वपूर्ण योगदान दिएको स्मरण गर्दै क्लबले सिलवाललाई सम्मान गरेको हो ।
त्यसैगरी, हेराल्ड इन्टरनेशनल कलेजका निर्देशक अशोक पाण्डे सम्मानित भएका छन् । नेपालको शिक्षा क्षेत्रको आधुनिकीकरण र विकासमा पाण्डेले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । शिक्षा क्षेत्रमार्फत मुलुकको शिक्षा प्रणालीलाई उन्नत बनाउन महत्वपूर्ण योगदान दिएको भन्दै उनलाई क्लबले सम्मान गरेको हो ।
त्यस्तै, मिडिया व्यवसायी रेशमप्रसाद बगाले सम्मानित भएका छन् । उनी नेपाली विज्ञापन बजारमा विगत लामो समयदेखि अनवरत रुपमा क्रियाशील रहँदै आएका छन् । विज्ञापन उद्योगको श्रीबृद्धिमा अतूलनीय योगदान पु¥याई विज्ञापन बजारको संस्थागत विकासलाई थप उँचाईमा पु¥याएको ठहर गर्दै क्लबले उनलाई सम्मान गरेको हो ।
त्यसैगरी, मिडिया व्यवसायी प्रमोद सुवेदी सम्मानित भएका छन् । उनी नेपाली विज्ञापन बजारमा विगत लामो समयदेखि अनवरत रुपमा क्रियाशील रहँदै आएका छन् । विज्ञापन उद्योगको श्रीबृद्धिमा अतूलनीय योगदान पु¥याएको र विज्ञापन बजारको संस्थागत विकासलाई थप उँचाईमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै क्लबले उनलाई सम्मान गरेको हो ।
त्यसैगरी, एपहरु प्रा.लि का अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत टुरुप संग्रौला सम्मानित भएका छन् । उनले नेपालको सूचना प्रविधि क्षेत्रको आधुनिकीकरण र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
सूचना प्रविधि क्षेत्रमार्फत् मुलुकको विकासमा महत्वपूर्ण योगदान पु¥याएको र आफ्नो क्षेत्रमा सदैव समर्पित रहेको स्मरण गर्दै क्लबले उनलाई सम्मान गरेको हो ।
त्यसैगरी, समाजसेवी सरिता बिक (सरु) सम्मानित भएकी छिन् । उनले नेपालको सामाजिक क्षेत्रमा क्रियाशील रहेर विगत लामो समयदेखि लैङ्गिक समानता र दलित मुक्ति आन्दोलन योगदान पुर्याउँदै आएकी छन् । समाजसेवाको क्षेत्रमा सदैव समर्पित रही उनले पुर्याएको योगदानको उच्च कदर गर्दै क्लबले उनलाई सम्मान गरेको हो ।
यूवा ब्यवसायी ईन्जिनियर अनिल धमला सम्मानित भएका छन् । उनी ईन्जिनियरिङ्ग व्यवसायको क्षेत्रमा क्रियाशील छन् । ईन्जिनियरिङ्ग क्षेत्रमा सम्भावना बोकका यूवा ब्यवसायी एवम् प्राविधिकको धमलालाई उनको क्रियाशिलता र योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको हो ।
त्यसैगरी, समाजसेवी उर्मिला (निता) रावल सम्मानित भएकी छन् । उनले नेपालको सामाजिक क्षेत्रमा क्रियाशील रहेर विगत लामो समयदेखि समाजसेवाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएकी छन् ।
समाजसेवाको क्षेत्रमा सदैव समर्पित रही उनले पु¥याएको योगदानको उच्च कदर गर्दै रिपोर्टर्स क्लब नेपालले रजत महोत्सव २०७९ को अवसरमा उनलाई सम्मान गरेको हो ।
त्यसैगरी, समाजसेवी शोषित (अकेला) बानिया सम्मानित भएका छन् । उनले नेपालको सामाजिक क्षेत्रमा क्रियाशिल रहेर विगत लामो समयदेखि समाजसेवाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् । समाजसेवाको क्षेत्रमा सदैव समर्पित रही उनले पु¥याएको योगदानको उच्च कदर गर्दै रिपोर्टर्स क्लब नेपालले रजत महोत्सवको अवसरमा सम्मान गरेको हो ।
त्यसैगरी रिपोर्टर्स क्लबका प्रतिनिधिहरु अरुण कार्की र विमल थापा सम्मानित भएका छन् । रिपोर्टर्स क्लबमा रहेर नेपाली पत्रकारिता र सञ्चार जगतको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको स्मरण गर्दै क्लबले २५औं वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गरेको हो ।
reportersclub.com