द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारद्वारा समान ब्यवहार गरेकोमा प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद

राजनीति समाचार


चैत्र १९ आइतबार,२०७९/काठमाडौं-
सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी समान व्यवहार गरेकोमा धन्यवाद दिएका छन।
उनीहरुले आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाउने आफ्ना आफन्तलाई सहिद घोषणा गरेकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिएका हुन।
भेेटमा उहाँहरूले सत्य निरूपण तथा मेलमिलाप विधेयकमा समेत दुवै पक्षप्रति समान व्यवहारको प्रबन्ध गर्न, क्षतिपूर्ति र परिपूरणमा ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ।
भेटमा प्रधानमन्त्रीले देशको राजनीतिक, सामाजिक रूपान्तरणको आन्दोलनका क्रममा ज्यान गुमाउने सबैप्रति आफ्नो समान सद्भाव भएको बताउँदै शान्ति सम्झौताको मर्मअनुसार पीडितका मुद्दा सम्बोधन गर्ने जनाए।