रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृत कार्यालयमा उजुरी

राजनीति समाचार

चैत्र २१ मंगलबार,२०७९/काठमाडौं-
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेविरुद्ध युवराज पौडेल (सफल)ले उजुरी हालेका छन।
पौडेलले चितवन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा गएर लामिछाने बिरुद्ध सोमबार उजुरी दिएका हुन।

नेपालको संविधान २०७२ को धारा २९१ को प्रावधान अनुसार, विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिनाको अवधी पछि मात्र निर्वाचनमा उम्मेदवार हुने भन्ने उजुरीमा लेखिएको छ।

सोमबारनै लामिछानेले चितवन २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराए पछि सो उजुरी परेको हो।

उनले माघ १५ गते गृहमन्त्रीको हैसियतबाट राजीनामा दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता पुनर्प्राप्ति गरेका थिए।